एनआरएनए उपाध्यक्षमा जापानका श्रेष्ठ दोहोरिने
टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएन) को केन्द्रीय उपाध्यक्षमा रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द) दोेहोरिने भएका छन्।
श्रेष्ठले आगामी कार्यकालको लागि उपाध्यक्ष पदमै उम्मेदवारी दिने घोषणा गरेका छन्।
‘नैतिकता इमानन्दारिता र स्वाधीनता एनआरएनएमा समावेशिता र आर्थिक पारदर्शिता’ भन्ने नारासहित श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन्।
श्रेष्ठले लामो समयदेखि जापानमा व्यवसाय गर्दै आएका छन्।
एनआरएनए अभियानमा उनको योगदान मह्त्वपूर्ण मानिन्छ।
श्रेष्ठले एनआरएनए जापानको सदस्य हुँदै दुई कार्यकाल उपाध्यक्ष भएर काम गरेका थिए। एक कार्यकाल आइसीसी सदस्य बनेर काम गरेका श्रेष्ठसँग दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक भएर काम गरेको अनुभव पनि छ
श्रेष्ठले एक कार्यकाल एसिया प्यासिफिक क्षेत्रको नेतृत्व समेत गरे।
संस्थामा आर्थिक अनुशासन, पारदर्शिता, संस्थागत सुधार र नियमित आम्दानीका श्रोत विकासको लागि आफूले काम गर्ने श्रेष्ठले बताए।