यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर File Photo

काठमाडौ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ १० पैसा र बिक्री दर १३२ रूपैयाँ ७० पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ९५ पैसा र बिक्री दर १४५ रूपैयाँ ६१ पैसा कायम गरिएको छ।

हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसामा तथा युरोपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ६२ पैसा र बिक्री दर १४६ रूपैयाँ २८ पैसामा कारोबार भएको थियो।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १६ पैसा र बिक्री दर १६८ रूपैयाँ ९३ पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७।२ रुपैयाँ  तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७ पैसा कायम गरिएको छ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैकले दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर  १० रूपैयाँ १४ पैसामा कारोबार गर्न अनुमति दिएको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसामा खरिदबिक्री गर्न सकिने जनाउँदै राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५।२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७  रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.११ रुपैयाँ तथा कुवेती दिनार १ को खरिद मूल्य ४२९.४८ पैसा  विक्रीदर ४३१.४३ पैसा कायम गरिएको छ।



No ads found for this position