एनआरएनए कम्बोडियामा खड्का फेरि दोहोरिए

एनआरएनए कम्बोडियामा खड्का फेरि दोहोरिए

काठमाडौं। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) कम्बोडियाले लाल सिंह खड्काको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको छ।

खड्का निर्विरोध फेरि दोहोरिएका हुन्।

अध्यक्षसहित सबै पदमा सहमतिमा नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रदिप शर्माले बताए।

यस्तै बरिष्ठ उपाध्यक्षमा ज्ञान बहादुर राना, उपाध्यक्षमा शिवराज पराजुली, महिला उपाध्यक्षमा रजनि थापा मगर, महासचिवमा प्रितम अधिकारी, सचिवमा ओलिन ठाकुर, कोषाध्यक्षमा नविन कुमार विक, सहकोषाध्यक्षमा ईश्वर बहादुर क्षेत्रि, प्रवक्तामा राजन कुवर काजी, युवा संयोजकमा रुद्र तामाङ निर्विरोध भएका छन्।

यस्तै क्षेत्रीय संयोजकमा खड्का विक्रम थापा, प्रदिप गदाल, धिरेन्द हमाल, विकाश अधिकारी, प्रकाश रिमाल र रामजी क्षेत्री निर्विरोध भएका छन्।

नवनिर्वाचित अध्यक्ष खड्काले आफुलाई सर्वसम्मत निर्वाचित गराएकोमा कम्बोडियावासी नेपालीलाई धन्यवाद ब्यक्त गर्दै आगामी कार्यकालमा आईसीसीसँग सहकार्य गर्दै समस्त कम्बोडियामा रहेका नेपालीहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए।



No ads found for this position