एनआरएनए केन्यामा निर्विरोध नेतृत्व चयन
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्यामा निर्विरोध नयाँ नेतृत्व चयन भएको छ।
एनसीसी केन्याको छैठौँ अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि शिवलाल अधिकारीको अध्यक्षतामा सिंगो कार्यसमिति निर्विरोध चयन गरेको हो।
यस्तै, केन्याबाट आइसीसी सदस्यमा कृष्णलाल गैरेलाई पठाइएको छ।
अधिवेशनले उपाध्यक्षमा यज्ञमणि रेग्मीलाई चयन गरेको छ। यस्तै, महिला उपाध्यक्षमा मिरा गिरी चयन भएकी छिन।
यसैगरी, महासचिवमा रवि जैन, सचिवमा प्रभावकर भण्डारी, कोषाध्यक्षमा दीपक अधिकारी र सहकोषाध्यक्षमा कमलराज अधिकारी चयन भएका छन्।
महिला संयोजकको जिम्मेवारी कल्याणी काफ्ले पाएकी छिन भने युवा संयोजकमा किसन राउत चुनिएका छन्।
कार्यसमिति सदस्यहरूमा राजन अधिकारी, सन्तोष कँडेल, डा राजेश चौधरी, बिष्णु भुसाल, गणेश बहादुर कामी, अम्बिका प्रसाद भण्डारी, मदन श्रेष्ठ र आनन्द आलोक यादव चयन भएका छन्।