यूएई ए माथि नेपालकाे जित

यूएई ए माथि नेपालकाे जित

काठमाडौं। श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएई ए लाई ३ विकेटले पराजित गरेकाे छ।

बुधबार कोलम्बोमा यूएई ए ले दिएकाे १ सय ५८ रनकाे लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍याे।

नेपालका लागि कुशल भुर्तेलले सानदार प्रदर्शनी गरे।

पहिलाे पटक बलिङमा चम्किएका उनी एक्लैले ६ विकेट लिए। ब्याटिङ्तर्फ पनि ७१ रनकाे अर्धशतकीय इनिङ खेले।

त्यस्तै, नेपालका देब खनाल २४, कप्तान राेहितकुमार पाैडेल ११, गुल्सन झा १८ रन बनाएर आउट भए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे युएई ए ४४ ओभरमा १ सय ५७ रन बनाएर अलआउट भएकाे थियाे।

नेपाल यसअघि नै समूह चरणबाट बाहिरिएकाे छ।

नेपाल यसअघि पाकिस्तान ए र भारत ए सँग पराजित भएकाे थियाे।



No ads found for this position