प्रधानमन्त्री प्रचण्ड इटाली जाने
File Photo
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा जाने भएका छन्।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनदेखि हुने प्रधानमन्त्री प्रचण्डको इटालीको भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जाने भएका हुन्।
जुलाइ २४, २५ र २६ मा इटालीमा हुने समिटमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसाल पनि सहभागी हुने मन्त्री शर्माले जानकारी दिइन्।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर