एनआरएनए चीनको नेतृत्वमा चौलागाईँको बलियो सम्भावना

एनआरएनए चीनको नेतृत्वमा चौलागाईँको बलियो सम्भावना

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)  चीनको नेतृत्वमा निर्मल शर्मा चौलागाईँको सम्भावना बढेको छ।

वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा रहेका चौलागाईँले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। चीनको अधिवेशन २१ जुलाइमा हुँदैछ।

नेतृत्वमा उनिसहित विष्णुप्रसाद डुमुरुले पनि उम्मेदावारी दिएका छन्। यी प्रतिस्पर्धीबीच चौलागाईँको चर्चा चुलिएको छ।

सन् २००४ मा अध्ययनका लागि त्यहाँ पुगेका चौलागाईँ अहिले चीनमा सफल युवा व्यवसायीको छवि बनाइरहेका छन्।

युवामाझ लोकिप्रिय चौलागाईँले शुभेच्छुकहरूको आग्रहमा नेतृत्व हाँक्न अघि बढेको बताए।

आफू नेतृत्वमा आए एनआरएनए चीनलाई थप गतिशील बनाउँदै उदाहरणीय राष्ट्रिय समिति बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।

‘सन् २०११ देखि निरन्तर संस्थामा आवद्ध छु। अब नेतृत्वमा आउनुपर्छ भन्ने लागेर अघि बढेको हुँ। साथीहरूले पनि हौसला थपिरहनु भएको छ,’ उनले भने।

एनआरएनए चीनमा २७९ मत छ। अन्य सवै पद सहमतिमा टुंगिए पनि अध्यक्षमा भने चौलागार्ईँसहित डुमुरुको उम्मेदवारी परेको छ।

चीनका एक पदाधिकारीका अनुसार चौलागार्ईँको पक्षमा माहोल सिर्जना भएको छ। ‘उहाँ बलियो प्रतिस्पर्धी हो। अधिकांशको समर्थन निर्मलजीलाई छ,’ उनले भने।

चौलागाईँको चीनसँगै नेपालमा पनि व्यवसाय छ। एक सामाजिक अभियान्ताको छवि बनाएका उनीसँग एनआरएनएका विभिन्न पदमा रहेर काम गरेको अनुभव छ।

उनले चीनियाँ लगानी नेपालमा भित्र्याउ पहल गर्ने र नेपाल–चीन व्यावसायिक सम्बन्धलाई उचाईमा पुर्याउनेलगायतका योजनाहरू अघि सारेका छन्।



No ads found for this position