एनआरएनए मलेसिया : नेतृत्वमा तीन जना भिड्दै

एनआरएनए मलेसिया : नेतृत्वमा तीन जना भिड्दै

क्वाललाम्पुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आगामी नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दिएका छन्।

अध्यक्ष पदका लागि बिनोद थापा, राकेश महतो र सन्तोष कार्कीले उम्मेदवारी दर्ता गराएका हुन्।

थापाले नेतृत्व दोहर्‍याउन चाहेका हुन्।

महतो अहिलेको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा थिए भने कार्की सदस्य हुन्।

आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा इन्द्र नारायण लिम्बू र रन्जित कुमार क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, उपाध्यक्षमा अरुण गिरी, दिल कुमार केरुङ र हेम सापकोटाको उम्मेदवारी परेको छ।

यसैगरी, महिला उपाध्यक्षमा लिला मगर, युवा उपाध्यक्षमा नारायण अधिकारीले उम्मेदवारी दिएका छन्। महासचिवमा कृष्ण प्रसाद नेपाल, विमल कुमार र टेकबहादुर अधिकारीले उम्मेदवारी दिएका छन्।

यस्तै, सचिव पदका लागि श्याम बहादुर श्रेष्ठ र विशु प्रसाद बरालको उम्मेदवारी दर्ता भएको छ। कोषाध्यक्षमा बाल धोज लिम्बूले उम्मेदवारी दिएका छन्।]युवा संयोजकमा राजु तामाङ र महिला संयोजकमा इन्दु बस्नेतले उम्मदेवारी दर्ता गराएका छन्।

निर्वाचन समितिले दावी विरोधका लागि २२ जुलाइसम्मको समय दिएको छ।

मलेसियमा निर्वाचन गराउने जिम्मा केन्द्रीय सचिव खगेन्द्र न्यौपानेलाई तोकिएको छ। उनले सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन्।

संघको अधिवेशन ३० जुलाइमा हुँदैछ।

 



No ads found for this position