सीता दाहालकाे पार्थिव शरीर पेरिसडाँडामा

सीता दाहालकाे पार्थिव शरीर पेरिसडाँडामा

काठमाडौं।नेकपा (माओवादी केन्द्र)का सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएकाे छ।

६९ वर्षको उमेरमा बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएकाे हाे।

बुधबार बिहान ११ः०० देखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

 

 

 



No ads found for this position