वरिष्ठ खेल पत्रकार अर्यालको ‘नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक

वरिष्ठ खेल पत्रकार अर्यालको ‘नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक

काठमाडौं । वरिष्ठ खेलकुद पत्रकार नवीन अर्यालको नेपाली खेलकुदको इतिहासलाई समेटेर लेखिएको ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक  सार्वजनिक भएकाे छ।

मंगलबार खेलकुदमन्त्री डिगबहादुर लिम्बू, नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीसहितले पुस्तक विमोचन गरे।
शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा क्रियटिभ बुक्सले पुस्तक प्रकाशन गरेको हो ।

प्रकाशक क्रियटिभ बुक्सले प्रकासन गरेको हो।

पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद् वृत्तान्त समेटिएको छ। नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल–यात्राको वर्णन गरिएको छ। साथै, सिमित साधनस्रोतकबीच नेपालको घरेलु खेलकुद्लाई संस्थागत र संरचनागत रुपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई पनि लिपिवद्ध गरिएको छ।

ऐतिहासिक तस्‍बीरहरू, चिठीपत्र र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा  प्रकाशित समाचारले पुस्तकलाई तथ्यगत र विश्वसनीय बनाएको छ। नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि पनि यो पुस्तक महत्वपूर्ण दस्तावेजका रुपमा रहने विश्वास गरिएको छ।

नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकको उपस्थिति करिब शून्य रहेका बेला यो पुस्तक खेलप्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न महत्वपुर्ण सामग्री भएको छ।



No ads found for this position