प्रधानमन्त्री ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ।

उनको नर्भिक अस्पतालमा निधन भएको हो।

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित दाहालको बुधबार बिहान साढे ८ बजे निधन भएको अस्पतालले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

उनको स्वास्थ्य झन्–झन् गम्भीर बन्दै गएपछि राजधानीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।

 



No ads found for this position