‘मन्त्रीको ध्यान संस्कृतितिर गएन’

‘मन्त्रीको ध्यान संस्कृतितिर गएन’

काठमााडौं। मन्त्रालयको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन भए पनि अहिलेसम्म बनेका मन्त्रीको ध्यान भने पर्यटन र नागरिक उड्डयनतिर मात्र गई संस्कृति ओझेलमा परेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथिको छलफल कार्यक्रममा सांसद रामचन्द्र राईले नागरिक उड्डयनको पाटोमा बढी ध्यान दिई मन्त्रीहरुले संस्कृतितिर ध्यान नदिएको आरोप लगाए।

नेपाल भाषाभाषीको धनी देश भएको उल्लेख गर्दै उनले ७० भाषा जनजातिले बोल्ने भए पनि त्यसमा सरकारको ध्यान नगएको बताए। भौतिक एवं अभौतिक सम्पदा संरक्षणमा मन्त्रालयले ध्यान दिन नसकेको राईको भनाइ थियो। संस्कृतिलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेर भौतिक एवं अभौतिक सम्पदाको संरक्षणमा पनि ध्यान दिनुपर्ने उनले बताए।

बैठकमा सांसद गोपाल भट्टराईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामचन्द्र राईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च कटौती र शारदादेवी भट्टले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि छुट्याइएको बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये चार मन्त्रालयका विषयमा विचार राखेका थिए।

छलफलमा भाग लिदै सांसद सोनाम गेल्जेन शेर्पाले सगरमाथा चढेको स्पष्ट परिभाषा बनाइनुपर्नेमा जोड दिए। यो परिभाषालाई कानुनमै राखिनुपर्ने उनको माग थियो। आधार शिविर कसरी बनाउने भन्ने मापदण्ड बनाउनुपर्ने शेर्पाले बताए। उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राखे।

 



No ads found for this position