ललिता निवास प्रकरणका आरोपी भाटभटेनीका सञ्चालक पक्राउ

ललिता निवास प्रकरणका आरोपी भाटभटेनीका सञ्चालक पक्राउ

काठमाडौं। ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई मंगलबार उनैको निवास नक्सालबाट पक्राउ हो।

ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा आरोपित रहेका उनी प्रहरीको फरारको सूचीमा थिए। उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।

प्रहरीले उक्त प्रकरणमा संलग्न भएको आशङ्कामा थप केही व्यक्ति पनि खोजी गरिरहेको बताएको छ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।



No ads found for this position