क्रिकेटर लामिछाने बिरुद्धको मुद्धामा आज क्षतिपुर्ति सबन्धी सुनवाई हुदैँ

क्रिकेटर लामिछाने बिरुद्धको मुद्धामा आज क्षतिपुर्ति सबन्धी सुनवाई हुदैँ File Photo

काठमाडौं। क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्धामा आज सुनवाई हुदैँछ।

पीडित पक्षले माग गरे बमोजिम क्षतिपुर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडौंमा हुने सुनवाईले टुंगो लगाउने छ।

लामिछानेसँग पीडित पक्षले यस अघि माग गरेको १० लाखको क्षतिपुर्तिको मागलाई अदालतले खारेज गरे पनि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाई दिएपछि आज सुनवाई हुन लागेको हो।

ततपश्चात ३६ लाख रुपैयाँ क्षतिपुर्तिको माग गरे पछि अदालतले पीडितले उपचार गरेको अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको छ। सो विवरणसहित जिल्ला अदालत काठमाडौंले क्षतिपुर्ति सबन्धी निर्णयमा आदेश दिन सक्ने जनाईएको छ।

तर, सो मुद्धाको फाइनल पेशी भने अझै तोकिएको छैन। लामिछाने जिम्बाबेमा रहेका कारण अब उनी फर्के पछि मात्रै अदालतले अन्तिम सुनवाईका लागि पेशी तोक्ने सम्भावना रहेको जनाईएको छ।



No ads found for this position