नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाको लखनउ अदालतमा हत्या

नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाको लखनउ अदालतमा हत्या

लखनउ। लखनउको अदालतमा कुख्यात सञ्जीव जीवालाई गोली हानेर हत्या गर्ने विजय यादवको तार नेपालसँग जोडिएको छ।

पुलिस हिरासतमा माफिया अतीक अहमद र अशरफको हत्याको मामिला शान्त नभएको जनाउँदै भारतीय मिडिया अमर उजालले सो गोली काण्डमा पक्राउ परेका बिजय यादव सो नेपाल आएको र त्यही डिल गरेर फर्के पछि अदालतमा गोली हानेको जनाएको छ।

सो मिडियाका अनुसार उनले नेपालमा ठूला माफियासँग सम्पर्कमा रहे,  जुन कुरा यादवले भारतीय प्रहरीलाई बताएका छन्।

नेपालका एक व्यक्तिले उनलाई जीवाको फोटो देखाएर मार्ने ठेक्का दिएको थियो, जुन ठेक्काका लागि भारतीय २० लाख रुपैयाँमा सम्झौता भएको थियो। जसका लागि सुरुमा पाँच हजार रुपैयाँ र रिभल्भर मात्र दिएर जीवालाई मार्न पठाए।

जानकारीका अनुसार सञ्जीवलाई गोली हानेर हत्या गर्ने शुटर विजयले नेपालका माफिया र हालै मारिएका अतिक अहमदका साथी अशरफसँग सम्पर्क राखेको जनाईएको छ। जसका लागि सो घटना हुनु अघि विजय केही दिनअघि नेपाल गएका थिए, उनको नेपालमा अशरफ भन्ने ब्यक्तिसँग भेट भएको थियो।

अशरफले उनलाई आफ्नो भाइ आतिफ लखनउ जेलमा रहेको जनाउँदै जीवाले उनलाई डिस्टर्ब गरिरहेको जनाउँदै मार्नु पर्ने निष्कर्षमा पुगेको असरफले भनेका थिए। लखनउ पुगेपछि अशरफको विजयलाई उनका एक गोठालोको घरमा आश्रय दिएर रेकी गराए। प्रहरीको सोधपुछमा विजयले यी कुरा बताएका हुन्। प्रहरीले यसबारे अनुसन्धान थालेको छ।

मुख्तार अन्सारीको एकदमै नजिकका कुख्यात अपराधी सञ्जीव महेश्वरी उर्फ ​​जीवा (५०) को बुधबार दिउँसो लखनउको एससीएसटी अदालतमा हत्या गरिएको थियो। वकिलको लुगा लगाएका आक्रमणकारीले अदालतको कोठामै रिभल्भरले ६ राउण्ड फायर गर्दा उनको मृत्यु भएको थियो।