अमेरिकाकाे राष्ट्रपतीय चुनावमा पूर्वउपराष्ट्रपति पेन्सले पनि उम्मेदवारी दिने

अमेरिकाकाे राष्ट्रपतीय चुनावमा पूर्वउपराष्ट्रपति पेन्सले पनि उम्मेदवारी दिने

अमेरिका। डोनाल्ड ट्र्म्पको राष्ट्रपतिकालमा उपराष्ट्रपति रहेका माइक पेन्सले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारी दिन लागेका छन्।

पेन्सले बुधबारदेखि आफ्नो प्रचार अभियान सुरु गरेका हुन्।

आफ्नो अभियानको सुरुवातमा फक्स न्युज टेलिभिजनबाट एक भिडियो सन्देश दिँदै पेन्सले आफूले चुनावमा विजयी भएमा ‘अमेरिकालाई यो धर्तीकै सर्वश्रेष्ठ मुलुक बनाउन प्रयास गर्ने’ बताएका छन्।

आयोवा राजको डेस मोनिस सहरबाट आफ्नो चुनावी अभियान सुरु गर्दै पेन्सले भने, ‘फरकफरक समयमा फरक(फरक नेतृत्वको खाँचो हुन्छ।’

पूर्वराष्ट्रपति ट्र्म्प पनि राष्ट्रपतिको चुनावी दौडमा सामेल भएको कारण अमेरिकामा पहिलो पटक पूर्व राष्ट्रपतिविरुद्ध पूर्वउपराष्ट्रपति चुनावमा उम्मेदवारी प्रदान गर्दै छन्। संसद्मा इन्डियाना राज्यबाट प्रतिनिधत्व गर्ने पेन्सले राष्ट्रपतिको चुनावमा भने आयोवा राज्यबाट उम्मेदवारी तथा मतदान गर्ने छन्।

७ जुन १९५९ मा इन्डियाना राज्यको कोलम्बस सहरमा जन्मिएका पेन्स ‘सो हेल्प मि गड’ नामक पुस्तकका लेखक पनि हुन्।