इरानले साउदी अरबमा कूटनीतिक नियोग खोल्ने

इरानले साउदी अरबमा कूटनीतिक नियोग खोल्ने FILE PHOTO

तेहरान। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार साउदी अरेबियामा आगामी दुई दिनभित्र कूटनीतिक नियोग पुनः खोल्ने बताएका छन्।

नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको इरानी दूतावास र जेद्दाहमा इस्लामिक सहयोग सङ्गठनका लागि महावाणिज्य दूतावास र प्रतिनिधि कार्यालय मङ्गलबार र बुधबार औपचारिक रूपमा पुनः खोल्ने उल्लेख गरे।

ुयो निर्णय द्विपक्षीय सम्बन्ध पुनः सुरु गर्ने इरान–साउदी अरेबिया सम्झौता कार्यान्वयन गर्ने प्रक्रियाको एक हिस्सा हो,ु मन्त्रालयको वेबसाइटमा उल्लेख छ।

इरानले अनुभवी कूटनीतिज्ञ अलिरेजा इनायतीलाई साउदी अरेबियाका लागि आफ्नो राजदूत नियुक्त गरेको अर्ध–सरकारी फार्स समाचार एजेन्सीले बताएको छ।



No ads found for this position