मुम्बई पुगेर रवि लामिछानेले भने : ०८४ सालमा भोट हाल्न नेपाल फर्कनुपर्छ

मुम्बई पुगेर रवि लामिछानेले भने : ०८४ सालमा भोट हाल्न नेपाल फर्कनुपर्छ File Photo

काठमाडौँ। भारतमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले २०८४ सालमा हुने निर्वाचनमा भोट हाल्न स्वदेश फर्कनुपर्ने भारतमा बसेका नेपालीमाझ आग्रह गरेका छन्।

निजी कामको सिलसिलामा मुम्बई पुगेको भनिएका लामिछानेले मुम्बईका नेपालीहरूसँग अन्तर्क्रिया गर्दै २०८४ को आमनिर्वाचनमा भोट हाल्न नेपाल जान सुटकेस र पोको अहिलेदेखि नै तयारी गर्न आग्रह गरे।

२०८४ सालको चुनावसम्म विदेशबाट मत खसाल्ने व्यवस्था गर्ने बताउँदै लामिछानेले यदि उक्त व्यवस्था नभए पनि चार वर्षपछिको चुनावमा मत खसाल्न नेपाल जानु पर्ने बताए।

उनले नेपालीहरूसँग शनिबार साँझ मुम्बईमा भने– हामी समृद्धशाली देशका रूपमा चिनिएका नेपाली ढाँट्न जान्दैनौँ, चोर्न जान्दैनौँ, छल्न जान्दैनौँ, त्यसैले मेहनत गर्छौँ। त्यो मेहनत नेपालमै गर्न पाए हुन्थ्यो।’