नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

काठमाडौं। नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा दुवै पक्षबाट सात सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन, तल्लो अरुण हाइड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट, क्रस बोर्डर पेमेन्ट समझदारी, सिलीगुडी-झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयको समझदारीमा हस्ताक्षर भएको हो ।

यस्तै,  प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा गोरखपुर–न्यु बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको शिलान्यास र सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास पनि गरेका छन् ।