मलेसिया–भैरहवा ११ हजार ४ सय ६१ मै उडान गर्न सकिने
![मलेसिया–भैरहवा ११ हजार ४ सय ६१ मै उडान गर्न सकिने](https://www.prawaskhabar.com/wp-content/uploads/2022/05/Gautam-Buddha-International-Airport.jpg)
काठमाडौं। नेपाल वायुसेवा निगमवायुसेवा निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ। सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु ११ हजार चार सय ६१ कायम गरेको छ। यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो।
“मलेसिया–भैरहवा–काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ”, निगमका सहायक प्रवक्ता घिमिरेले भने। उनका अनुसार मलेसिया–भैरहवाका लागि रु एघार हजार चार सय ६१ र मलेसिया–भैरहवा–काठमाडौँका लागि रु १२ हजार तीन सय ४६ भाडादर कायम गरिएको छ।
निगमको उडान नम्बर आरए ४२१ जहाज जेठ २९ गते काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडान गर्ने र जेठ ३० गते आरए उडान नम्बर ४२२ जहाज क्लालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आइपुग्ने उडान तालिका रहेको छ। यो गन्तव्यमा निगमको न्यारो बडी ‘ए’ ३२० जहाजले उडान भर्नेछ।
ताजा अपडेट
![दक्षिण कोरियाका राष्ट्रपति पक्राउ](https://www.prawaskhabar.com/wp-content/uploads/2025/01/PK-NEWS-PIC-19.jpg)
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
![कस्ताे छ आजको मौसम ?](https://www.prawaskhabar.com/wp-content/uploads/2022/04/tuwalo_weather_dqcdbywmu3_1_NwksPFPxTK.jpg)
कस्ताे छ आजको मौसम ?
![नवनियुक्त जापानी राजदुत नेपाल आइपुगे](https://www.prawaskhabar.com/wp-content/uploads/2025/01/Capture.JPG-2957.jpg)