नेपाल एयरलाइन्सले जेठ २९ देखि मलेसियाबाट भैरहवामा नियमित उडान गर्ने

नेपाल एयरलाइन्सले जेठ २९ देखि मलेसियाबाट भैरहवामा नियमित उडान गर्ने

काठमाडौं। नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने भएकाे छ। नेपाल वायुसेवा निगम (नेवानि)ले २९ जेठ (१२ जुन २०२३)बाट नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो।

उडान तालिकाअनुसार काठमाडौं– क्वालालम्पूर– भैरहवा–काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ्ग खुला गरेको छ।

भैरहवाबाट हाल निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको बताएकाे छ।

विज्ञप्ति :