नेपालीहरू हिँडेरै अमेरिका जाने ‘कोलम्बिया–पानामा’काे डरलाग्दाे जंगल कस्ताे छ ?

नेपालीहरू हिँडेरै अमेरिका जाने ‘कोलम्बिया–पानामा’काे डरलाग्दाे जंगल कस्ताे छ ? Photo— AP, Californiasunday, LA

दलालकाे फन्दामा परेर गैरकानूनी मार्गबाट अमेरिका पुग्ने हजाराैँ नेपालीहरू छन्।

उनीहरू ‘अमेरिकी सपना’ देखेर दिल्ली–दुबई हुँदै ‘कोलम्बिया–पानामा’काे डरलाग्दाे जंगलभित्र हिँड्छन्। यसरी जाने नेपालीहरू कतिपय अमेरिकी नागरिक भइसके। कति भर्खरै अमेरिका पुगे। कति बाटाेमै छन्।

दलाललाई लाखाैँ बुझाएर अमेरिका पुग्न पक्कैपनि सहज छैन–हुँदैन। डर उस्तै, व्यथा उस्तै। सुनाैलाे सपना देख्नुअघि हिँडेरै अमेरिका जाँदा चुनाैतीकाे पहाड छिचाेल्नुपर्छ। दुःख–पीडा कति छन्–छन्।

‘नेपाली युवाहरू जंगलकाे बाटाे हिँडेरै अमेरिका जान्छन्’ भन्ने नसुन्ने कुरै भएन। त्याे कथा सत्य हाे।

नेपाली र नेपालीजस्तै आप्रवासीहरू कोलम्बिया र पानामाकाे ‘डारिएन ग्याप’काे डरलाग्दाे जंगलमा दुई दिनदेखि पाँच दिनसम्म हिँड्छन्।

याे जंगलकाे यात्रा विश्वको सबैभन्दा खतरनाक यात्रामध्ये एक मानिन्छ। तरपनि अमेरिका पुगने लक्ष्य लिएर हिँडेका युवाहरू जंगलकाे बाटाे पार गरिछाड्छन्।

ब्राजिल वा मेक्सिकाे हुँदै अमेरिकी सीमासम्म पुग्ने नेपाली, भारतीय, अफगानी, बंगलादेशी र हाइटियनहरूले ‘डारियन ग्याप’ भनिने जंगलको सुनसान भागमा कहालीलाग्दाे पदयात्रा गर्छन्। नकिनसकी हिँड्छन्। भाेकभाेकै हिँड्छन्।

मानिसहरूकाे चहलपहल भइरहने डारिएन ग्यापकाे जंगलमा डाँकु लाग्छन्। उनीहरूले पैदलयात्रीलाई लुट्छन्।

डाँकुसँग प्रतिकार गर्न खाेज्दा औंलाहरू काटिदिन्छन्। एउटा यात्रुकाे सामुन्ने अर्काे यात्रुकाे हत्या गरेर भाग्छन्। आप्रवासीहरू उनीहरूकाे त्रास छलेर अमेरिकै पुग्छन्।