फिनल्यान्डमा राजेश पायल राई
फिनल्याण्ड । नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राईको एकल साँगीतिक कार्यक्रम हुँदैछ।
चौतारी इभेन्ट्स फिनल्यान्डको प्रस्तुतिमा शनिबार ‘लाइभ कन्सर्ट विथ राजेशपायल राई’ हुने भएको हो।
चौतारी इभेन्ट्स फिनल्यान्डले त्यहाँ रहेका नेपालीमाझ नयाँ वर्षको शुभकामना आदानप्रदानसहित राजेशपायलाई प्रस्तुत गर्ने लागेको हो।
कार्यक्रममा फिनल्यान्डमा रहेका केही नेपाली कलाकारको समेत प्रस्तुति रहनेछ।
कार्यक्रम विगत ११ वर्षदेखि फिनल्यान्डमा रहेका विष्णु अर्यालको संयोजनमा हुन लागेको हो।
कार्यक्रम संयोजक अर्यालकाअनुसार कार्यक्रम फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित ओस्टोस्टी ४ मा रहेको कोन्तुला नुउरिसोटलाको हलमा सॉझ ५ बजेबाट सुरु हुनेछ ।
कार्यक्रममा ३ सय बढीको उपस्थिति रहने आयोजकको दावी छ। कार्यक्रमको लागि गायक राजेश पायल राई फिनल्यान्ड आइसकेका छन्।
कन्सर्टमा सहभागिताका लागि १० युरो राखिएको र १२ वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था छ।
‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल केही समयदेखि एकल सांगीतिक कार्यक्रमका क्रममा युरोपमा रहेका छन्।
उनले स्पेन, पोर्चुगल, माल्टा, बेल्जियम, पोल्याण्ड लगायतका विभिन्न देशका सहरहरुमा प्रस्तुति पछि फिनल्यान्डको राजधानी हेलसिन्की तताउन लागेका हुन् ।