संखुवासभा भएको हेलिकोप्टर दुर्घटनामा ५ जना घाइते
काठमाडौं। सङ्खुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा पाइलट, को–पाइलट, हेलीको टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भविन गुरुङ र सुरेन्द्र पौडेल रहेको घटनास्थलमारहेका स्थानीय वाङ भोटे जनाकारी गराएका छन्।
उनका अनुसार घाइतेहरुलाई नेपाल आर्मीको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ।