बुद्ध पुर्णिमामा १३९ बर्ष पछि देखा पर्दै उपछायाँ चन्द्रग्रहण

बुद्ध पुर्णिमामा १३९ बर्ष पछि देखा पर्दै उपछायाँ चन्द्रग्रहण

काठमाडौं। चन्द्र ग्रहणको एउटा भौगलिक घटना मानिन्छ। यो सालको पहिलो चन्द्रग्रहण बैशाख २२ गते लाग्दैछ। यस बर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पुर्णिमाका दिनमा लाग्दैछ, जो १३९ बर्ष पछि लाग्न लागेको हो।

यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ। बैशाख २२ गते राती ८ बजेर ४४ मिनेट देखी सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ। यो चन्द्रग्रहणको कुल अबधी ४ घन्टा पन्ध्र मिनेटको हुनेछ।

चन्द्र ग्रहणको सुतक काल ९ घन्टा अगाडीवाट सुरु हुन्छ तर यो चन्द्रग्रहण नेपालवाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिदैन्। यो उपछायाँ चन्द्रग्रहण हो, चन्द्रमामा पृथ्वीको छाया मात्र एउटा क्षेत्रमा मात्रै देखिने भएकाले सबैतिरवाट यो देखिदैँन्।



No ads found for this position