नेपाल एसिया कपमा छनोट

नेपाल एसिया कपमा छनोट

काठमाडौं। नेपालले एसिसी प्रिमियर कपको उपाधि हात पारेको छ।

मंगलबार प्रिमियर कपको फाइनलमा चिरपरिचत प्रतिद्वन्द्वी यूएईलाई पराजित गर्दै प्रिमियर कपको उपाधि हात पार्दै नेपालले एसिया कपका लागि आफ्नो स्थान सुनिश्चित गरेको हो।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ।

यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर ३०.३ ओभरमा पूरा ग¥यो।

नेपालका लागि गुलशन झाले सर्वाधिक  ६७ रन बनाए। अन्य ब्याट्सम्यानहरू सस्तैमा आउट भएका बेला गुलशनले उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई एसिसी कपसम्मको यात्रा तय गर्न निश्चित पारे।

गुलशनलाई भीम सार्कीले दह्रिलो साथ दिए। भीमले ३६ रन जोडे।

ओपनिङ गर्न आएका कुशल भुर्तेल १ र आसिफ शेख ८ रन बनाएर आउट भएका थिए।

आसिफपछि ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल पनि धेरैबेर क्रिजमा टिक्न सकेनन्। केवल १ रन बनाएर रोहित आउट भए।

यसअघि टस हारेर ब्याटिङ गरेको युएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर ११७ रन जोडेको थियो।

यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका छन्।

कप्तान आर्यानल लार्काले १३, मुहम्मद वासिमले ११, बसिल हमेद र जुदई सिद्धिकीले १०–१० रन जोडे।

अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न सकेनन्।

यूएईलाई सस्तैमा समेट्न बलिङमा नेपालका ललित राजवंशीले चार विकेट लिए। सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुलशन झाले १–१ विकेट लिए।

वर्षाका कारण सोमबार बीचमै रोकिएको खेल मंगलबार बिहान पुनः सुरू भएको थियो।

सोमबार २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको यूएईले मंगलबार खेल सुरू भएपछि ११ रनमात्रै जोड्न सक्यो।

कट्टर प्रतिद्वन्द्वी

नेपाल र युएई कट्टर प्रतिद्वन्द्वीका रूपमा देखिँदै आएका छन्।

पछिल्लो दुई महिनामा मात्रै यी दुई राष्ट्र चारपटक आमने सामने भइसकेका छन्।

जसपमा यूएईमा खेलेको एउटा खेल नेपालले हारेको थियो भने बाँकी तीन खेल नेपालले जितेको थियो।

यूएईसँगको यो खेलमा पराजित भएयता नेपालले आजसम्म अरू कुनै खेल हारेको छैन।

आइसिसी क्रिकेट लिग–२ मा नेपालले १२ मध्ये ११ खेल जित्दा पराजित भएको एक खेल यूएईविरूद्ध थियो।

आत्मविश्वाससहित राम्रो लयमा देखिएको नेपाल हारविहीन यात्रामा निस्किएर हार्न जानेन।

यूएईले लिग–२ नेपालसँग भएको हारलाई बिर्सन सकेको थिएन। पराजित भएर पनि ठूलो क्षति बेहार्नु नपरेको यूएई प्रिमियर कपमा नेपालसँग ‘बदला’ लिन खोजेको थियो।

तर, सशक्त नेपाली टोलीसामू प्रिमियर कपको फाइनलमा युएईको केही चलेन। र, अन्ततः फेरि एकपटक पराजयको सामना गर्नुपर्‍यो।

नेपालसँग यो हाराका साथ आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिसी कपमा युएईको यात्रामा विराम लागेको छ।