चितवन–२ मा रास्वपाका रवि लामिछानेको जित सुनिश्चित

चितवन–२ मा रास्वपाका रवि लामिछानेको जित सुनिश्चित File Photo

काठमाडौँ। चितवन–२ मा राष्टिय स्वतन्त्र पार्टीका रवि लामिछानेको जित सुनिश्चित भएको छ। गन्न बाँकी मतभन्दा मतान्तर धेरै भएसँगै लामिछानेको जित सुनिश्चित भएको हो।

सोमबार राति ११ः४५ को मत परिणामअनुसार निकटतम प्रतिष्पर्धि नेपाली कांग्रसका उम्मेदवार जीतनारायण श्रेष्ठभन्दा चारगुणा अघि रहेका लामिछाने मंगलबार विहान ६ बजको मत परिणामअनुसार भारी मतान्तरसहित निकै अघि छन्।

मतपरिणामअनुसार श्रेष्ठलाई ३२ हजार ६ सय १३ मतले पछि पार्दै लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्।

श्रेष्ठले ७ हजार ४५६ मत प्राप्त गर्दा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

आइतबार भएको मतदानमा चितवन–२ मा ७८ हजार २७७ मत खसेको थियो।



No ads found for this position