फ्लाई दुबईकाे विमान दिल्लीमा ल्याण्ड भएन, पाइलटले दिए उडानलाई निरन्तरता
काठमाडौं। काठमाडौंबाट दुबईका लागि उडेको विमानको एउटा इञ्जिन फेल भएपनि पाइलटले उडानलाई निरन्तरता दिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन्। तर, उनले काठमाडाैँमा र दिल्लीलाई पन्छ्याउँदै सीधैं दुबई राेजेका छन्।
फ्लाई दुबईको एफ–जेट५७५ जहाज सोमबार राति ९ बजेर २१ मिनेटमा त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको छ।
पर्यटनमन्त्री सुदन किराँतीले पनि सामाजिक सञ्जाल मार्फत विमान सुरक्षित रुपमा गन्तव्यतर्फ गएको जानकारी गराएका छन्। जहाजमा १६७ यात्रु रहेका छन्।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
प्रवास खबर
कस्ताे छ आजको मौसम ?
प्रवास खबर