स्वर्णिमले कटाए ९ हजार मत, काँग्रेसका उम्मेदवारलाई आधा पुर्याउन मुस्किल
File Photo
काठमाडौं। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले सात हजार मत कटाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार वाग्लेले ९ हजार ४ सय ८३ मत प्राप्त गरेका छन्।
कांग्रेस उम्मेदवार गोविन्द भट्टराई वाग्लेभन्दा दोब्बरभन्दा बढी मतले पछि परेका छन्। भट्टराईले जम्मा ४ हजार ४ सय ७२ मत प्राप्त गरेका छन्।
त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले मात्रै २ हजार ५ एक ६० मत पाएका छन्।
तनहुँ– १ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
प्रवास खबर
कस्ताे छ आजको मौसम ?
प्रवास खबर