यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
![यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर](https://www.prawaskhabar.com/wp-content/uploads/2021/02/money.jpg)
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
अमेरिकी डलरको भाउ सोमबार स्थिर रहेको छ। यसअघि आइतबार ९ पैसाले घटेको अमेरिकी डलरको कारोबार सोमबार स्थिर रहेको हो। सोमबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। यसअघि आइतबार उक्त डलरको कारोबार सोहि मूल्यमा भएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो ५१ पैसाले बढेको छ। सोमबार युरो एकको खरिददर १४४ रुपैयाँ एक पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा कायम गरिएको छ। आइतबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १६ पैसा कायम गरिएको थियो।
सोमबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७८ पैसाले बढेको हो। आइतबार यसको खरिदमूल्य १६२ रुपैयाँ २४ पैसा र बिक्री मूल्य १६२ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रुपैयाँ २३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा कायम गरिएको छ।
यता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा कायम गरिएको छ।
सोमबार साउदी अरेबियन र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ। आज साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसामा पाइनेछ। यसअघि आइतबार पनि यि दुवैको कारोबार सोहि मूल्यमा भएको थियो ।
उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२७ रुपैयाँ ६५ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ६१ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २७ पैसा तोकिएको छ।
ताजा अपडेट
![काठमाडौं अदालतमा रबि लामिछानेको सकियो बयान](https://www.prawaskhabar.com/wp-content/uploads/2023/01/RabiLamichhane-1674962097.jpg)