ओडिआईमा सन्दीप लामिछानेको विश्व कीर्तिमान
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई)मा विश्व कीर्तिमानी कायम गरेका छन्। लामिछाने ओडिआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बने।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गतको खेलमा ओमानविरुद्व एक विकेट लिँदै लामिछानेले ४२ खेलमा १०० विकेट पूरा गरे।
यो सँगै लामिछानेले अफगानस्तानका राशिद खानको कीर्तिमानी भङ्ग गरेका छन्। राशिद खानले यो कीर्तिमान ४४ खेलमा बनाएका थिए।
ओडिआईमा यस्तो कीर्तिमानीलाई अत्यन्त दुर्लभ मानिन्छ।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर