यूएईमा नेपाली सवारी चालकलाई ७० करोडको चिठ्ठा

यूएईमा नेपाली सवारी चालकलाई ७० करोडको चिठ्ठा

काठमाडौं। रोजगारीको लागि संयुक्त अरव इमिरेट्स (यूएई) पुगेका एक नेपाली युवालाई २० मिलियन दिराम (नेपाली झण्डै ७० करोड रुपैयाँ) को चिठ्ठा परेको छ।

विगत २३ वर्षदेखि यूएईमा सवारी चालकको काम गर्दै आएका पदम नाम गरेका नेपाली नागरिकले ‘महजुज ड्र’ मार्फत पहिलो विजेता हुँदै यो रकम प्राप्त गर्ने भएका हुन्।

स्थानीय पत्रिका खालिज टाइम्स्का अनुसार यूएईमा हरेक हप्ता हुँदै आएको ‘महजुज ड्र’ को १२४ औं संस्करणमा पदमले यो रकम जितेका हुन्।

पदमले ५,१०,४१, ४६ र ४९ नम्बरमध्ये पाँच वटै मिलाएर यति ठूलो रकम जितेका हुन्।

‘मलाई त अझै विश्वास लागिरहेको छैन,’ बुधवार आफूले जितेको रकम बुझ्दै पदमले भनेका छन्।

पदमको थर र नेपालको ठेगाना भने खुलाइएको छैन्।

पदमले गाडी चलाएर मासिक ५ हजार ७ सय दिराम कमाउँथे।

यसअघि पनि आफूलाई दुई पटक चिट्ठा परेको पदमले बताएका छन्। एक पटक ३५ दिराम र दोस्रो पटक ३५० दिरामको चिठ्ठा परेको उनको भनाइ छ।

‘ यति ठूलो रकम जित्छु भन्ने कल्पना समेच गरेको थिएन,’ उनले भने।

पहिलो लक्की नम्बर श्रीमती र छोरीसँग सोधेर राखेको र त्यसपछिको अर्को नम्बर आफैले राखेको उनको भनाइ छ।

पदमले आफूले मेहनत गरेर कमाएको पैसाबाट विभिन्न असहाय र पीडित व्यक्तिहरूलाई सहयोग गर्ने गरेको  बताएका छन्। अब याे रकमबाट असहाय व्यक्तिहरूलाई थप सहयोग गर्ने उनकाे भनाइ छ।



No ads found for this position