त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार ६ घण्टा सेवा अवरूद्ध हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार ६ घण्टा सेवा अवरूद्ध हुने File Photo

काठमाडौं।‌‌त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार ६ घण्टा उडान र अवतरण अवरुद्ध हुने भएको छ।विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म अवरूद्ध हुने भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताबाबु तिवारीले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्न लागिएकोले विमानस्थलमा सेवा अवरूद्ध हुन लागेको बताए।

विमानस्थलमा विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण अनलाइन युपिएस जडान गरिने भएकाले सेवा अवरूद्ध हुने उनले जानकारी दिएका छन्।

विमानसेवा अवरूद्ध हुने समयमा यात्राको कार्यतालिका रहेका यात्रुलाई विमानस्थलले सम्बन्धित विमान सेवा कम्पनीसँग सम्पर्क गरी आवश्यक्ताअनुसारको व्यवस्था मिलाउन अनुरोध गरेको छ।

 



No ads found for this position