थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो

थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ।

छातीमा समस्या भएपछि मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्ली लगिएको हो।

उनको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार हुनेछ।

 



No ads found for this position