एनओसी दिन कडाई गरेपछि विद्यार्थीले गरे प्रदशन
काठमाडौं। सरकारले विदेश पढ्न जान वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) दिन कडाइ गरेपछि विद्यार्थीले विरोध जनाएका छन्। एनओसी दिन सरकारले कडाइ गर्दै नयाँ निर्देशिका जारी गरेको विरोधमा सोमबार काठाडमौंको नयाँ बानेश्वरमा विद्यार्थीले पदर्शन गरेका हुन।
ुविद्यार्थीलाई एनओसी चाहिन्छ, नयाँ निर्देशिका ल्याएर विद्यार्थीको अधिकार हनन् गर्न पाइँदैन, हामी खाडी जान चाहँदैनौँुलगायत नारा लगाएर सडकमा प्रदर्शन गरेका थिए। नेपालमा पढ्ने र पढे पनि रोजगार गर्ने वातावरण नभएको भन्दै विद्यार्थीहरुले विदेश जान सरकारले रोक्न नहुने बताए।
विद्यार्थी प्रज्वल श्रेष्ठलले सरकारले नयाँ निर्देशिका ल्याएर विद्यार्थीमाथि अन्याय गरेको बताए। उनले सरकारले जारी गरेको नयाँ निर्देशिका विद्यार्थीको हितविपरीत रहेको भन्दै उक्त निर्देशिका पूर्ण रुपमा खारेज गर्नुपर्ने बताए।
सकारले विदेश पढ्न जानेको संख्या बर्सेनि बढ्दै जानथालेपछि एनओसी दिने, विदेशी मुद्रा सटहीलगायत प्रक्रियामा कडाइ गरिएको थियो। निर्देशिकामा उच्च शिक्षा लिन जानेलाई मात्र एनओसी दिने उल्लेख छ।
भाषा, तालिम र डिप्लोमा कोर्स गर्न एनओसी नदिने सरकारले जारी गरेको निर्देशिकामा छ। यसकै विरोधमा भाषा पढ्न जापान जान पाउनुपर्ने माग गर्दै आएओसी दिन सरकारलाई विद्यार्थीले माग गरेका छन्।