नवनियुक्त परराष्ट्रमन्त्रीलाई चेक रिपब्लिकमा निम्तो

नवनियुक्त परराष्ट्रमन्त्रीलाई चेक रिपब्लिकमा निम्तो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई युरोपेली मुलक चेक रिपब्लिकमा निम्तो दिएको छ।

आगामी ५– ७ मेमा चेक रिपब्लिकको राजधानी प्रागमा हुने संघको युरोप क्षेत्रीय भेलामा साउदलाई प्रमुख अतिथिका रुपमा बोलाइएको संघको वालुवाटारस्थित सचिवालयले जनाएको छ।

कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यको नेतृत्वमा आइतवार पराष्ट्र मन्त्रालयमा पुगेको एक प्रतिनिधिमण्डलले नवनियुक्त मन्त्री साउदलाई भेटेर बधाई ज्ञापान गर्दै चेक रिपब्लिकमा निमन्त्रणा गरेको हो।

भेटमा अध्यक्ष डा केसीले संघले उठाँउदै आएको नागरिकता, एनआरएन नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरणलगायतका विषयमा मन्त्री साउदको ध्यानार्कषण गराएका थिए।

यस्तै, अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता तथा लगानीका कानुनी प्रक्रिया लगायतका विषयमा संबोधनका लागि पहल गरिदिन अनुरोध गरे।

संघले मन्त्री साउद समक्ष ८ बुँदे माग पत्र समेत प्रस्तुत गरेको छ।