एनपी साउद नयाँ परराष्ट्रमन्त्री

एनपी साउद नयाँ परराष्ट्रमन्त्री

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले नेता साउदलाई मन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

स्रोतका अनुसार प्रचण्डले साउदलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिँदैछन्। साउदको शपथ दिउँसो तीन बजे शीतलनिवासमा हुनेछ।

परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ। आठौंपटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रचण्डले कांग्रेसको निर्णय अनुसार साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन्।

सत्ता गठबन्धनका दलहरूबीच १० वैशाखको उपनिर्वाचनपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको थियो। तर, प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने तयारीमा रहेकाले परराष्ट्रमन्त्री साउदलाई बनाउन लागिएको हो।