एनआरएनएकाे नेतृत्वमा डा. केसी, अभियानबाहिर रहेकालाई एकताको सुत्रमा बाँध्ने प्रतिबद्धता

एनआरएनएकाे नेतृत्वमा डा. केसी, अभियानबाहिर रहेकालाई एकताको सुत्रमा बाँध्ने प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले लिएका छन्।

डा. केसीले शुक्रबार एक कार्यक्रमकाबीच कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।

कार्यभार सम्हाल्दै डा. केसीले सम्पूर्ण गैरआवासीय नेपालीलाई एकताको सुत्रमा बाध्ने प्रतिबद्धता जनाएका छन्।

१० औं महाधिवेशनका बेला विवाद बढेपछि बहुवपदीय प्रणाली अपनाएर संघमा तीन अध्यक्ष बनाइएको थियो।

नेतृत्वका तीन आकांक्षी कुल आचार्य, रवीना थापा र डा. केसीबीच ६–६ महिना आलोपालो गर्ने सहमति भएको थियो।

सोही सहमतिअनुसार एनआरएनएको इतिहासमै बनेको जम्बो कार्यसमितिलाई पहिलोपटक आचार्यले नेतृत्व गरेका थिए।

आचार्यको ६ महिने कार्यकाल पूराभएसँगै गत १ अक्टोबरदेखि थापाले एनआरएनएको नेतृत्व सम्हालेकी थिइन्।

थापाले पनि आफ्नो कार्यकाल पूरा भएसँगै औपचारिक रुपमा कार्यकारी पद हस्तान्तरण गरेकी हुन्।

पत्रकार सम्मेलनमा डा. केसी आगामी ६ महिनाको कार्ययोजना क्यालेण्डरसहित प्रस्तुत गर्दै १९ बुँदे प्रतिवद्धतापत्र समेत व्यक्त गरेका छन्।

उनले संघको १० औँ महाधिवेशनमा देखिएको विशेष परिस्थितिका कारण संघको अभियानबाटबाहिर रहेका नेपाली समेत एकताको सुत्रमा बाँध्न पहल गर्ने बताएका छन्।

२० वर्षअघि सुरु भएको संघको अभियानमा काँड थाप्न पाउँदा खुसी लागेको उनले बताए।

एक वर्षमा नेपाली नागरिकताको निरन्तरता, सामाजिक सुरक्षा कोष, विदेशमै बसेर नेपालमा डलर खाता खोल्ने अवसर, मोबाइल ब्लड बस, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान, पर्यटन प्रवर्द्धन कार्यक्रम, पोखरामा स्मार्ट ट्वाइलेट, राष्ट्रिय खेलकुद तथा कराँते प्रतियोगितामा गैरआवासीय नेपालीको सफलता लगायतका विषयमा उल्लेख्य रुपमा प्रगति उनको भनाइ छ।

संघको पुनर्संरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शितालगायतका कार्यको जग स्थापना भइसकेको उनले बताए।

उनले संघको संशोधित विधानले संघका पुनर्संरचनाका लागि स्मार्ट एनआरएनए अन्तर्गत विश्वव्यापी रुपमा एमआईएस प्रणालीमार्फत सदस्यता वितरण सुरुआत गरिएको जानकारी दिए।

केसीले श्रम सीप बैंक स्थापना गर्न पहल गर्ने, नागरिकताको सुनिश्चतता, एनआरएनए कार्ड, लगानी भित्र्याउन जोड, स्टार्टअप कार्यक्रम सञ्चालन गर्न पहल गर्ने बताए।

कार्यकारी अध्यक्ष केसीले संघको संशोधित विधान कार्यान्वयन गर्ने, दोस्रो पुस्ताका युवालाई अभियानमा समेट्ने, संघका क्षेत्रीय सम्मेलनलाई परिणामुखी र पारदर्शी बनाइने प्रतिबद्धता जनाएका छन्। यस्तै, संघको वालुवाटारस्थित सचिवालयलाई थप व्यवस्थित गरिने बताए।

अध्यक्ष कुल आचार्यले अहिले ३ जना अध्यक्षको व्यवस्था गरिएपनि आगामीअक्टोबरमा हुने अधिवेशनपश्चात एक जना मात्रै अध्यक्ष हुने बताए।

कार्यविधि बनाएर काम गरिएकाले खासै विवाद नआएको उनको भनाइ छ।

रविना थापाले सहकार्य र समन्वयमा अघि बढेको बताइन्।

कार्यक्रममा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष भवन भट्ट, संस्थापक महासचिव भिम उदास, उपाध्यक्षद्धय डिबी क्षेत्री, दुर्गा आचार्य र गैरआवासीय अभियान्ताहरू टिबि कार्की, अर्जुन श्रेष्ठ, योगेनक्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यस्ता छन् डा. केसीका प्रतिबद्धता