रवि लामिछानेले गराए उम्मेदवारी दर्ता
File Photo
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्।
चितवन निर्वाचन–२ को प्रतिनिधिसभा सदस्यका लागि उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र–२ मा उपनिर्वाचन हुन लागेको हो।