४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए

काबुल। इरानबाट चार हजार तीन सय २७ जना अफगान शरणार्थी घर फर्किएका छन्। दुई साताअघि छिमेकी राष्ट्र पाकिस्तानबाट पनि तीन हजार अफगान शरणार्थी घर फर्किएका थिए।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आज जारी विज्ञप्तिअनुसार बितेका छ महिनमा तीन लाख शरणार्थी इरानबाट स्वदेश फर्केका छन्। अफगानिस्तानमा शरणार्थी फिर्तीको प्रक्रिया जारी छ। इरान र पाकिस्तानमा दर्ता भएका २५ लाखभन्दा बढी अफगान शरणार्थीले आश्रय लिँदै आएका छन्।
अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गरिरहेको छ। देशको शासन सम्हालेपछि तालिवान सरकारले मातृभूमिको सेवामा आउन उनीहरूलाई आग्रह पनि गर्दै आएको छ।
ताजा अपडेट

प्रवास खबर
नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

प्रवास खबर