शरदसिंह भण्डारीलाई श्रममन्त्रीको जिम्मेवारी

शरदसिंह भण्डारीलाई श्रममन्त्रीको जिम्मेवारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकले लोसपालाई श्रम मन्त्रालय दिने निर्णय गरेसँगै उनी श्रम मन्त्री बन्ने भएका हुन् ।

यसको पुष्टि स्वयं भण्डारीले गरेका छन्। ‘म श्रममन्त्री बन्ने पक्का भएको हो,’ उनले भने ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा उनी महोत्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।