विदेश जानुपर्ने बाध्यता हटाउने भन्दै चुनावमा होमिएका जनप्रतिनिधि नै काेरिया पलायन !

विदेश जानुपर्ने बाध्यता हटाउने भन्दै चुनावमा होमिएका जनप्रतिनिधि नै काेरिया पलायन !

इलाम। इलामको देउमाइ नगरपालिका–५ बाट निर्वाचित भएका वडा सदस्य रोजगारीकाे सिलसिलामा दक्षिण कोरिया पलायन भएका छन्।

गत सम्पन्न स्थानीय निर्वाचनमा सो वडामा एमालेबाट निर्वाचित भएका वडा सदस्य कैलास श्रेष्ठ रोजगारीका लागि कोरिया गएका हुन्।

उनी २०२२, को ईपीएस भासा परीक्षा उत्तीर्ण गरेर कोरिया गएका छन्।

उनी रोजगारीको सिलसिलामा देश छाडेर कोरिया गएपछि उनको वडा सदस्यको पद रिक्त भएको छ।

स्थानीय निर्वाचनमा वडा सदस्यमा जितेर देशमै सेवा गर्ने लक्ष्य बोकेका उनले कोरियालाई केही वर्ष मात्रै कर्मभूमि बनाउने बताएका छन्।

नेपालमा सामाजिक काम गरेर मात्र गुजारा नचल्ने तथा आफ्नो आर्थिक अवस्था सुधार गर्न नसक्ने देखेर कोरियन भाषा पढेका उनले भाषा परीक्षा उत्तीर्ण गरेसँगै ईपिएसमार्फत कोरिया छिरेका छन्।

‘आम युवाहरुको विदेश जानुपर्ने बाध्यता हटाउने, स्वरोजगारका अवस्था सिर्जना गर्छु चुनाव जिताउनुस्’ भन्दै चुनावमा होमिएकाहरु नै वैदेशिक रोजगारी अंगाल्नुपर्ने यो अवस्था देशकै लागि दुर्भाग्यपूर्ण भएको स्थानीय बताउँछन्।