नेपाली भाषी इन्जिनियर्स एशोसिएसन नेदरल्याण्डको नयाँ नेतृत्व सविनाको काँधमा

नेपाली भाषी इन्जिनियर्स एशोसिएसन नेदरल्याण्डको नयाँ नेतृत्व सविनाको काँधमा

देल्फ्त । नेपाली भाषी इन्जिनियर्स एशोसिएसन नेदरल्याण्डमा नयाँ नेतृत्व चयन भएको छ।

२५ मार्चमा नेदरल्याण्डको देल्फ्त सहरमा सम्पन्न दोस्रो अधिवेशनले सविना श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

युरोपियन मुलुक नेदरल्याण्डमा स्थापित यो संस्थामा नेपाली, भुटानी, बर्मेली समुदायका नेपाली भाषी इन्जिनियर आवद्ध छन्।

नेतृत्वको जिम्मेवारी पाएकी सविनाले विश्वकै प्रसिद्ध मानिने डेल्फ्त युनिभर्सिटीबाट इन्जिनियरिङ गरेकी छिन्।

उनी अहिले नेदरल्याडमै कार्यरत छिन्।पोखराबाट अध्ययन गरेर नेदरल्याण्ड पुगेकी सविनाले त्यहीँ इन्जिनियरिङको पढाई पूरा गरिकी थिइन्।

 यसअघि उनी कोभिड–१९ विरूद्ध  भ्याक्सिन उत्पादन गरेको कम्पनी जोन्सनको उत्कृष्ट कर्मचारी घोषित समेत भएकी थिइन्। उनलाई जोन्सनले ‘हिरो मेडल’ बाट सम्मानित गरेको थियो।

अधिवेशनबाट सचिवमा अनुराग भम्वानी चयन भएका छन्। यस्तै, कोषाध्यक्षको जिम्मेवारी रेनुका गुरूङ श्रेष्ठलाई दिइएको छ।

यसैगरी, क्षितिज गौतमले प्रोग्राम कोर्डिनेटरको जिम्मेवारी पाएका छन्।

यस्तै, सदस्यमा सुमन भट्टराई चयन भएका छन्।

अधिवेशनले ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ। जसमा, प्राध्यापक अर्विनमान तुलाधर, डा. निराजन ढकाल र डा. प्रतिकमान श्रेष्ठ रहेका छन्। एशोसिएसनको संरक्षकमा हेमकुमार श्रेष्ठ रहेका छन्।

सन् २०१९ मा स्थापना भएको यो एशोसिएसनमा हालसम्म ५५ जना नेपाली इन्जिनियर आवद्ध छन्।

एशोसिएसनले कोभिडकाबेला नेपालमा आर्थिक सहयोग समेत गरेको थियो। यस्तै, सिन्धुपाल्चोक क्रोन नेपाल हेल्थ पोस्टलाई सोलार प्यानल प्रोजेक्टमार्फत सहयोग समेत गरेको थियो।

केही समयअघि नेपाल आविष्कार  केन्द्रका महाविर पुनलाई नेदरल्याण्डमा बोलाएर सम्मेलन पनि यो एसोसियनले गरेको थियो।