रूसी राष्ट्रपति पुटिनमाथि युद्ध अपराधको आरोप, आईसीसीद्वारा पक्राउ पुर्जी जारी

वासिङ्टन डीसी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले पक्राउ पुर्जी जारी गरेको छ।
युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा रुसमा पुर्याइएको सहित युद्ध अपराधका लागि पुटिनलाई जिम्मेवार बनाउँदै आईसीसीले पक्राउ पुर्जी जारी गरेको हो।
आइसीसीका अनुसार उनले युद्ध अपराध २४ फेब्रुअरी २०२२ यता गरेका हुन्।
आइसीसीले पुटिनलाई संगीन आरोप लगाउँदै पक्राउ पुर्जी जारी गरेकोमा मस्कोले रोष प्रकट गरेको छ । उनसले युद्ध अपराधको आरोप अस्वीकार गर्दै आइसीसीलाई पश्चिमाहरूको गोटी भएको आरोप लगाएको छ ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले पक्राउ पुर्जी अर्थहीन भएको बताएकी छिन् ।
आईसीसीसम्बन्धी सम्झौताको हस्ताक्षरकर्ता नभएकाले रूसले उसको निर्णय मान्ने कुरै छैन भन्दै उनले अन्तर्राष्ट्रिय फौजदारी अदालतका निर्णयले हाम्रो देशका लागि कानुनी दृष्टिकोण सहितको कुनै अर्थ नराख्ने बताएकी छिन्।
ताजा अपडेट

आजबाट आईपीएल सुरु

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

श्रम स्वीकृति अब स्थानीय तहबाटै

४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए
