कुशल भुर्तेलको अर्धशतक
काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।
उनले ३२ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५० रन जोडेका हुन्। नेपालले १६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९८ रनन जोडेको छ। रोहित पौडेलले १६ र कुशल मल्लले ५ रन जोडेर आउट हुँदा आशिफ शेख शून्य रनमै बाहिरिए। भीम सार्की र कुशल भुर्तेलले ब्याटिङमा छन्।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३१० रन बनाएको थियो।
यूएईका लागि सर्वाधिक खानले १०१, भृत्य अरविन्दले ९४ रन जोडेका थिए।
नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।
No ads found for this position