यूएईले दिएको ३११ रनको लक्ष्य नेपालले पछ्याउन सुरु

यूएईले दिएको ३११ रनको लक्ष्य नेपालले पछ्याउन सुरु

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य नेपालले पछ्याउन सुरु गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जवाफी ब्याटिङ सुृरु गरेको हो । पहिलो ओभरको तेस्रो बलमै नेपालले विकेट गुमाएको छ। पहिलो ओभरको चार बलको खेल सकिँदा १ विकेट गुमाएर नेपालले १ रन जोडेको छ।

यसअघि टस जितेर ब्याटिङ थालेको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३१० रन बनाएको हो। यूएईका लागि सर्वाधिक खानले १०१, भृत्य अरविन्दले ९४ रन जोडेका थिए।

नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए।