यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। मंगलबार अमेरिकी डलर १३ पैसाले वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा तोकिएको छ। यसअघि सोमबार भने यसको खरिदमूल्य १३० रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ५७ पैसामा कारोबार भएको थियो।

मंगलबारका लागि एक युरोको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनकने तुलनामा ४८ पैसाले वृद्धि भएको छ। यसअघि आइतबार पनि युरोको भाउमा ७५ पैसाले वृद्धि भएको थियो । सोमबार यसको खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ ४ पैसा थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १५८ रुपैयाँ ३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा तोकिएको छ। सोमबार उक्त पाउण्डको खरिदमूल्य १५७ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १५८ रुपैयाँ २८ पैसा कायम गरिएको थियो।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८७ रुपैयाँ १९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५२ पैसा पाइन्छ।

यस्तै, मंगलबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३५ रुपैयाँमा ८६ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर मंगलबार ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा तोकेको छ।

यूएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ १५ पैसा र बिक्रीमा २९ रुपैयाँ २९ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ३४ पैसा तोकिएको छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४० पैसामा किनबेच भएको छ।