एनआरनएनएको आगामी नेतृत्वमा मध्यपूर्वको दावी स्वभाविक

एनआरनएनएको आगामी नेतृत्वमा मध्यपूर्वको दावी स्वभाविक

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष आरके शर्मा यतिखेर बेलायत भ्रमणमा निस्किएका छन्।

गैरआवासीय नेपाली माझ लाेकप्रिय छवि बनाएका उनी लण्डनमा सम्मानितसमेत भएका छन्।

उपाध्यक्ष शर्मालाई एनआरएनए यूकेले आइतवार एक कार्यक्रमको आयोजना गरेर  स्वागत तथा सम्मान गरेको हो।

संघका केन्द्रीय अध्यक्ष कुल आचार्यको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष सुनिल खड्काले शर्मालाई सम्मान गरेका हुन्।

बेलायत पुगेका उपाध्यक्ष शर्माले संघको अभियानमा मध्यपूर्वको महत्वपूर्ण भूमिका रहेको बताउँदै श्रमिकहरूको सम्मान हुनुपर्नेमा जोड दिएका छन्।

शर्माले अहिले देश रेमिट्यान्स नै धानिएको जनाउँदै उक्त रेमिटेन्स ५० प्रतिशतभन्दा बढी मध्यपूर्वबाट जाने जनाएका हुन्।

शर्मालाई एनआरएनएको आगामी नेतृत्वका लागि तम्तयार रहन बेलायतबासीहरूले आग्रह गरेका छन्।यसपटक मध्यपूर्वको दावी स्वभाविक रहेको भन्दै आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा संघका अध्यक्ष कुल आचार्य, उपमहासचिव रामशरण सिंखडा, एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, एनआरएनए यूकेका अध्यक्ष सुनिलबाबु खड्का, तमूधि युकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, सुरेन्द्र श्रेष्ठ, कपिल श्रेष्ठ, सकुन्तला गुरुङ, एनआरएनए यूकेका कोषाध्यक्ष बिष्णु खरेल, दिपक खड्कालगायत उपस्थिति रहेकाे थियो।