नेपालले जोगायो एक दिवसीय क्रिकेटको मान्यता

काठमाडौँ। काठमाडौँमा जारी आइसीसी विश्वकप लिग– २ को अन्तिम श्रंखलाअन्तर्गत खेलमा नेपालले युएईमाथि सान्दार जित निकालेको छ।
आइतबार त्रिवि मैदानमा भएको खेलमा नेपालले युएईमाथि १ सय ७७ रनको सानदार जित निकालेको हो। नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाएर अलआउट भयो।
जवाफी ब्याटिङमा उत्रिएका युएईका ब्याड्स म्यानमाथि नेपाली खेलाडीले सुरुवातीदेखि नै दबाबमा राखेको थिए।
युएईका लागि आयान खानले २९ रन बनाए पनि अन्य खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। उसका असओन्था भाल्थापाले १४ तथा कार्तिक मैयप्पनले ११ रन बनाएर आउट भए। अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
नेपालका ललित राजवंशीले सर्वाधिक पाँच विकेट लिन सफल भए।
ताजा अपडेट

प्रवास खबर
आजबाट आईपीएल सुरु

प्रवास खबर
भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

प्रवास खबर
श्रम स्वीकृति अब स्थानीय तहबाटै

प्रवास खबर
४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए

प्रवास खबर