कर्नाटकमा भाजपा नेताको घरमा छापा हान्दा ९ करोड भारु बरामद
कर्नाटक। कर्नाटकमा भारतीय जनता पार्टी (भाजपा)का एक नेताको घरमा अबैध रूपमा लुकाइराखिएको करोडौं रुपैया फेला परेको छ। सो घटनालाई लिएर कर्नाटकमा काग्रेस आइका कार्यकर्ताले चर्को प्रदर्शन गरेका छन।
भारतीय सञ्चार माध्यमका अनुसार कर्नाटकका भाजपाका विधायक मदाल विरुपकक्षप्पाको घरवाट हालसम्म ९ करोड भारु अर्थात १६ करोड बराबर भन्दा बढी रकम फेला परे पछि कांग्रेस आइका कार्यकर्ताले उनलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन।
सो रकम फेला परे पछि विधायक विरुपाक्षप्पाले सो क्षेत्रका प्रख्यात साबुन बनाउने सरकारी कम्पनी कर्नाटक सोप्स एण्ड डिटर्जेन्ट लिमिटेडको अध्यक्ष पदबाट राजीनामा दिएका छन् भने उनको खिलापमा कारबाही अगाडी बढाइएको छ।
विरुपकक्षप्पाको कार्यालय र घरमा बिहीबार देखी सुरु भएको छापा शुक्रवार अबेरसम्म चलेको थियो। कर्नाटक विधानसभा चुनावको दुई महिना अघि भ्रष्टाचारको मुद्दामा उनको घरमा छापा मारिए पछि भाजपालाई भने अब भने अप्ठयारो पर्ने देखिएको छ।
लोकायुक्त प्रहरी एक अधिकारले भने, ‘अध्यक्ष र उनका छोरा प्रशान्तको घरबाट ६ करोड १० लाख भारु बरामद भएको छ भने प्रशान्तको निजी कार्यालयबाट मात्रै १ करोड ६२ लाख रुपैयाँ प्राप्त भएको छ, अझै रकम रहेको आशंकामा हामीले खोजबिन गरिरहेका छौं । सो घटनामा प्रशान्त, उनका लेखापाल र अन्य तीन जनासहित पाँच जनालाई पक्राउ गरिएको छ।
लोकायुक्त प्रहरीलाई गोप्य सूचना र औपचारिक उजुरी समेत दर्ता भएपछि यो छापा मारिएको हो। छोरा प्रशान्तले ४० लाख भारु घुस लिएको उजुरी परे पछि भन्दै छापा मार्दा ९ करोड बराबर नगद फेला परेको प्रहरीको भनाई छ।
प्रशान्त आफै सरकारी जागिर गर्छन्। उनी बैंगलोर पानी आपूर्ति र ढल निकास बोर्डमा मुख्य लेखापाल हुन्। यसअघि उनी भ्रष्टाचार विरोधी ब्यूरोमा आर्थिक सल्लाहकार थिए। यो ब्यूरो गत वर्ष विघटन गरी लोकायुक्त बनेको थियो।
बिद्यायक विरुपाक्षप्पाले आफनो पदवाट राजिनामा दिनु पर्ने तथा उनलाई पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै कांग्रेस आईका कार्यकर्ताले प्रदर्शन गरेका हुन।